लागूऔषधसहित एक महिला पक्राउ

नवलपुर टुडे
२०८० साउन १५ | मध्यान्ह ०६:०४ बजे

नवलपरासी, साउन १५ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ६ पोखरापालीबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
स्थानीय रामपती अग्रहरीको घरमा डेरा लिइ बस्दै आएका वर्ष ४० कि गंगोत्री बनियालाई अवैध लागूऔषध विक्री गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनकै कोठाबाट पक्राउ गरेको हो ।
प्रहरीले बनियाको कोठा खानतलासी गर्दा भान्सा कोठामा रहेको प्लाष्टिकको बाटामा रातो कपडाले ढाकी राखेको बोराको झोलामा DIAZEPAM, PHENERGAN, BUPRENORPHINE गरी ४२३ एम्पुल, NITRAVET ट्याव्लेट १३६ पिस, SPMPRX+ WOCKHARD लेखेको निलो क्याप्सुल १९० पिस बरामद गरेको थियो ।
पक्राउ परेका बनियालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा ल्याईएको सूचना अधिकारी एवम् डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।





