अपराध

    नेदरल्यान्ड्स पठाइदिने भन्दै ४५ लाख उठाएर सम्पर्क विहीन भएका बर्मा प्रहरी नियन्त्रणमा

    नवलपुर टुडे
    २०८० साउन १५ | मध्यान्ह ०६:०४ बजे

      काठमाडौं, साउन १५ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेदरल्यान्ड्स पठाइदिने भन्दै ६ जनाबाट करिब ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर १३ स्थायी घर भई काठमाडौंको शान्तिनगर बस्दै आएका ३७ वर्षीय कपिल बर्मा रहेका छन् । बर्माले सुपरमार्केटको स्टोरकिपरमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ खर्च लाग्ने र मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने प्रलोभन देखाइ पैसा उठाएको प्रहरीले जनाएको छ ।

      उनले पीडितहरूबाट पटकपटक गरी चवालिस लाख पचास हजार रुपैयाँ उठाएर सम्पर्क विहीन भएपछि पीडितहरुले ठगीको उजुरी दिएका थिए । प्रहरीले बर्मालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाएको छ ।

        कमेन्टहरु