शिक्षा

    शिक्षक सेवा आयोगको परीक्षा सर्‍यो

    नवलपुर टुडे
    २०८० साउन १५ | मध्यान्ह ०५:०४ बजे

      काठमाडौं, साउन १५ । शिक्षक सेवा आयोगले लिने परीक्षा सरेको छ । लोकसेवा आयोगको परीक्षासँग जुधेपछि असोज ६ गतेका लागि तोकिएको प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गतेका लागि सरेको हो । 

      असोज ६ गते लोकसेवा आयोगले दिने खरिदारको परीक्षासँग जुधेपछि सारिएको शिक्षक सेवा आयोगले जनाएको छ ।  असोज १३ गते शनिबारका दिन तोकिएकै स्थान र समयमा सञ्चालन हुने र परीक्षा सम्बन्धी अन्य व्यवस्था पुर्व सूचना अनुसार नै रहने आयोगले जनाएको छ ।

      असार १ गते बसेको आयोगको बैठकले प्रावि शिक्षकको खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत विषयगत परीक्षा असोज ६ गते निर्णय गरेको थियो ।

      teacher

        कमेन्टहरु