देश

    गृह मन्त्रालयको प्रवक्तामा नारायण प्रसाद भट्टराई

    नवलपुर टुडे
    २०८० साउन १५ | मध्यान्ह ०३:०४ बजे

      काठमाडौँ, साउन १५ । गृह मन्त्रालयको प्रवक्तामा नारायण प्रसाद भट्टराईलाई नियुक्ति गरिएको छ । यसअघिका गृह प्रवक्ता सहसचिव जितेन्द्र बस्नेत काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएसँगै भट्टराईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

      यातायात व्यवस्था विभागको महानिर्देशकबाट गृह मन्त्रालयमा सरुवा भएका भट्टराईलाई शान्ति सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ । भट्टराईलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।

      प्रवक्ता भट्टराईले यसअघि अध्यागमन विभागको महानिर्देशक भएर पनि काम गरेका थिए ।

        कमेन्टहरु