समाचार

    कपिलवस्तुको विजयनगरमा प्रहरी र वन कर्मचारीको मिलिमतोमा काठ तस्करी

    नवलपुर टुडे
    २०८० साउन १५ | बिहान ११:०४ बजे

      नन्द किशोर कुर्मी (लालु)
      कपिलवस्तु, साउन १५ । कपिलवस्तुमा नेपाल प्रहरी र वन कर्मचारीको मिलिमतोमा काठ तस्करी हुँदै आइरहेको छ ।

      जिल्लाको विजयनगर गाउँपालिका र भारतको बलारामपुर नेपाल-भारत सिमामा दर्जनौं काष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेको पाइएको छ ।

      विजयनगर गाउँपालिकाका वडा नं ६, ७ र कृष्णनगर नगरपालिका वडा नं १२ भारतीय जंगलसँग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउछन् र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिने गर्छन् ।

      जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर, परशरामपुर र कटनिया घाट लगायतकाे क्षेत्र हुँदै काष्ठ भित्रिदै आएकाे स्राेतले जनाएको छ ।

        कमेन्टहरु