समाचार

    नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको अवसरमा कृष्णनगर वितरण केन्द्रद्वारा वृक्षारोपण

    नवलपुर टुडे
    २०८० साउन १५ | बिहान ११:०४ बजे

      कपिलवस्तु, साउन १५ । नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरले वृक्षारोपण कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ ।

      नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरको कम्पाउन्ड भित्र तथा चन्द्रौटा र महाराजगंज शाखा कार्यालयमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ ।

      photo 2023 07 31 11 07 06

      विद्युत लाइन विस्तार गर्दा रुख विरुवाहरूमा क्षति गर्ने मात्र नभई वृक्षारोपण पनि गरेर विद्युत्त प्राधिकरणले वातावरण स्वच्छ र हराभरा राख्न समेत विशेष ध्यान दिने गर्छ भन्ने उदेश्यका साथ एकसय वटा विरूवा कम्पाउन्ड भित्र वृक्षारोपण गरिएको नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख शुसिल पौडेलले जानकारी दिनुभयो ।

      photo 2023 07 31 11 07 07

      वृक्षारोपण कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक लक्ष्मण ओली, अस्थायी प्रहरी पोष्ट लिङक गेटका वरिष्ठ प्रहरी नायब निरीक्षक धर्मराज भण्डारी, समाजसेवी, विद्युतका कर्मचारी लगायतको सहभागितामा रहेको थियो ।

      photo 2023 07 31 11 07 08

        कमेन्टहरु