अपराध

    दाङमा चित्तलको १७ किलो सुकुटीसहित तीनजना पक्राउ

    नवलपुर टुडे
    २०८० साउन १५ | बिहान ०९:०४ बजे

      दाङ, साउन १५ । दाङबाट चित्तलको १७ केजी सुकुटीसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा लमही नगरपालिका – ६ का ४५ बर्षीय नुरबहादुर कुमाल, गढवा गाउँपालिका – ६ का ३० बर्षीय मनोज थापा मगर र सोही ठाउँका ३१ बर्षीय किरण केसी छन् । उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।

      ‍घोराही उपमहानगरपालिका – ३ स्थित कुइरेपानी जंगलमा चेकजाँचका लागि खटिएको प्रहरी टोलीले लमहीबाट घोराही आउँदै गरेको रा २ प ६१९५ र बा १९ प ११०७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चित्तलको सुकुटी फेला पारेको हो ।

      बा १९ प ११०७ नम्बरको मोटरसाइकलको पछाडि सवार किरण केसीले बोकेको झोलामा सुकुटी बरामद भएको डिएसपी गौतलमे जानकारी दिए । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय घोराहीमा पठाइएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु