आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

नवलपुर टुडे
२०८० साउन १५ | बिहान ०६:०४ बजे

काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।सोमबार देशभर सामान्य बदली रहनेछ।
देशका पहाडी भू-भागका केही र बाँकी भू- भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।





