चरहंवा नदीमा डुबेर एक युवकको मृत्यु

नवलपुर टुडे
२०८० साउन १४ | मध्यान्ह ०९:०४ बजे

नन्द किशोर कुर्मी (लालु)
कपिलवस्तु , साउन १४ । कपिलवस्तुको विजयनगर गाउँपालिकाको विसाउवा भन्ने गाउँ नजिक रहेको चरहंवा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत देशका बलरामपुर जिल्ला थाना पचपेडवा–गिद्दाहावा गाउँका २० बर्षका आनिह यादव रहेका छन ।
उनी आइतबार साझ करिब ४ बजे नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको ठकुरापुरका प्रहरीले जानकारी दिएकाे छ । ठकुरापुर प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गर्दा गर्मी छल्नका लागि यादवले नदीमा पौडी खेल्दा डुबेर मृत्यु भएको बताएको छ ।





