देश

    रूकुम पश्चिममा पहिरोले पुरिएर दुई जनाको मृत्यु, एक घाइते

    नवलपुर टुडे
    २०८० साउन १४ | मध्यान्ह ०८:०४ बजे

      दाङ, साउन १४ । रूकुम पश्चिममा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । आइतबार अपराह्न बाफिकोट गाउँपालिकामा पहिरो जाँदा सोही गाउँपालिका वडा नम्बर ७ की ४५ वर्षीया धनमाया खत्री र ४४ वर्षीय कालीबहादुर खड्काको मृत्यु भएको हो ।

      पहिरोमा परी सोही ठाउँकी ४२ वर्षीया बलकुमारी खत्री घाइते भएकी जिल्ला प्रहरी कार्यालयका डिएसपी नमराज भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईका अनुसार धनमाया र कालीबहादुर अपराह्नमा बास्थलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका थिए । घाँस काट्दै गर्दा माथिबाट एक्कासि आएको पहिरोमा परी उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

      पहिरो खसेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर गरेको एक घन्टापछि प्रहरी घटनास्थलमा पुगेको थियो । 

        कमेन्टहरु