मानव सेवा संस्थान “सेवा” बढनीद्वारा जनचेतना र्याली


कपिलवस्तु, साउन १४ । मानव सेवा संस्थान “सेवा”, सेन्टर बढनीद्वारा आज अन्तर्राष्ट्रिय ‘मानव तस्करी रोकथाम दिवस’को अवसरमा जनचेतना बढाउने उद्देश्यका साथ भारतको सिद्धार्थनगर जिल्लाको बढ्नी मुख्य सीमा नाका (कस्टम बैरियर) बाट विशाल जनचेतना र्याली निकालिएको थियो ।
उक्त र्यालीमा ब्यानर तथा प्लेकार्ड हातमा लिएर ‘सेवा’ का वालंटियर्स, छात्रछात्रा, विभिन्न संस्थाका वालंटियर्स लगायत अन्यले नारा लगाउँदै बोर्डर रोड, स्टेशन रोड, मालगोदाम तिराहा, गोला बाजार, पोस्ट आफिस रोड, रामजानकी मन्दिर सडकमार्ग परिक्रमा गरेका थिए । बढनीका चेयरमैन सुनील अग्रहरीको निर्देशनमा जनचेतना र्याली अगाडि बढेको थियो । र्यालीमा भनिएको जागरूकता सम्बन्धि नाराले सीमा क्षेत्रका बासिन्दाको ध्यान आकर्षित गरेको थियो ।
बढनीमा निकालिएको उक्त र्यालीमा नेपाल प्रहरी, एपीएफ, नगरपालिका, उद्योग वाणिज्य संघ, ट्रेवल एजेंसी, प्रेस, ट्रैवेल एजेंट, पीआरसी नेपाल, साना हाथहरु, आफन्त नेपाल, आशीष सामाजिक सेवाका प्रतिनिधि लगायत बढनीका नपं कर्मी, प्रेस, सभासद- पूर्व सभासदहरु, शिक्षकहरु, व्यापार मण्डल, पुलिस चौकी, कस्टम, एसएसबी, आरपीएफ, छात्र-छात्राहरू, समाजसेवी लगायतको सहभगिता रहेको थियो । चोक चोकमा जागरूकता अभियान गरि कार्यक्रमको समापन गरिएको थियो ।





