समाचार

    बाढीमा फसेका चारजनाको सकुशल उद्धार

    नवलपुर टुडे
    २०८० साउन १४ | मध्यान्ह १२:०४ बजे

      कास्की, साउन १४ । कास्कीको पोखरा महानगरपालिका–१३, काहुँखोला साझास्थित विजयपुर खोलाको बाढीमा फसेका चारजनाको शनिबार राति सकुशल उद्धार गरिएको छ । 

      सशस्त्र प्रहरीको टोलीले २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुुन वि.क. र १९ वर्षीय क्षितिज नेपालीको उद्धार गरेको हो । 

      निर्माणाधीन पानी ट्यांकी बोरिङको प्रतिक्षालयमा बसिरहेको उनीहरू एक्कासी आएको बाढीमा फसेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

        कमेन्टहरु