नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

नवलपुर टुडे
२०८० साउन १४ | बिहान ११:०४ बजे

चितवन, साउन १४ । पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
आज बिहान ९ बजे चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।





