समाचार

    त्रिशूली जलविद्युत आयोजनाका एक कामदारको करेन्ट लागेर मृत्यु

    नवलपुर टुडे
    २०८० साउन १४ | बिहान ११:०४ बजे

      काठमाडौं, साउन १४ । नुवाकोटको त्रिशूली जलिविद्युत आयोजनामा काम गर्ने एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । 

      मृत्यु हुनेमा उदयपुरको गढी गाउँपालिका–७ घर भएका अन्दाजी ३९ वर्षीय भोजबहादुर खड्का रहेका छन् । काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका खड्काको उपचारका क्रममा स्टार अस्पताल नुवाकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

      आमाछोदिङमो गाउँपालिका–१, हाकुमा रहेको जलविद्युत आयोजनामा काम गर्ने क्रममा शनिबार भोजबहादुर करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

        कमेन्टहरु