देश

    चीन सरकारको अनुदानमा चार सय थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

    नवलपुर टुडे
    २०७८ बैशाख २८ | मध्यान्ह ०४:०१ बजे

      काठमाडौँ । चीन सरकारले अनुदानमा उपलब्ध गराउने भनेको २० हजारमध्ये चार सय थान अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चार सय थान अक्सजिन सिलिन्डर चीनबाट नेपाल ल्याइएको जानकारी दिएको हो ।

      photo 2021 05 11 16 55 10

      बाँकी सिलिन्डर क्रमशः ल्याइने मन्त्रालयले जनाएको छ ।अक्सिजन सिलिण्डर लिनका लागि नेपाल वायुसेवा निगमको वाइड बडी ए३३० विमान चीन गएको थियो । विमानले अक्सिजन सिलिण्डरका साथै १६० अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टीलेटर गरि करिब ३० टन सामान लिएर फर्किएको हो ।

      अन्य सामग्री तयार हुनासाथ लिन जानका लागि विमान तयारी अवस्थामा राखिने निगमले जनाएको छ ।

      तस्वीर- डीमप्रकाश पौडेलको फेसबुकबाट

        कमेन्टहरु