मधेश प्रदेश

    सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर किशोरीको मृत्यु

    नवलपुर टुडे
    २०८० साउन १३ | मध्यान्ह ०५:०४ बजे

      सर्लाही । सर्लाहीको गोडैतामा सडक बाटो बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–१० बस्ने रामप्रवेश महतोको १३ वर्षीया छोरी नेहाको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

      घरबाट सय मिटर दुरीमा रहेको खाल्डोमा जमेको पानीमा नेहा घोघीं टिप्न जाँदा खुट्टा चिप्लिएर पानीमा डुबेकी थिइन् । डुबेर सक्त भएकी नेहालाई उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

      यस्तै शुक्रबार साँझबाट हराइरहेका हरिपुर नगरपालिका–८ का ७ वर्षीय बालक अमन दास पनि नहरमा डुबेको अवस्थामा फेला परेको छ । घरबाट ५ सय मिटर पर नहरबाट हराएको बालकको शव झण्डै ४ किलोमिटर दक्षिण तर्फबाट फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

       

        कमेन्टहरु