नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

नवलपुर टुडे
२०८० साउन १३ | मध्यान्ह ०३:०४ बजे

काठमाण्डाै, साउन १३ । पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ । बिहान कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको थियो । पहिरो पन्छाएर ९ बजेदेखि सडक खुलेको थियो । त्यसपछि केहीबेर सञ्चालन भएर बन्द भएको सडक करिब साढे २ बजेदेखि दुईतर्फी खुलेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
यसअघि, सवारीसाधन एकतर्फी रूपमा सञ्चालन भएको थियो ।





