समाचार

    कपिलवस्तुमा प्रहरी र बन कर्मचारीकै मिलिमतोमा काठ तस्करी सुरु

    नवलपुर टुडे
    २०८० साउन १३ | मध्यान्ह १२:०४ बजे

      धर्मेन्द्र कुर्मी चौधरी

      कपिलवस्तु, सावन १३ । कपिलवस्तु र भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्करी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ ।

      नेपाल – भारत सिमामा रहेका संरक्षित जंगल फडानीमा तस्करहरु सक्रिय हुंदा पनि सुरक्षा निकाय लगायत सम्बन्धित निकायले चासाे देखाएका छैन् । जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे पिपरा परसुरामपुर घाट र नरायनापुर गेडुवजोत घाट हुँदै वारिका मानपुर, नरायनापुर गाउँका काष्ठ उद्योगहरुसम्म पुर्‍याउछन । विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भएपनि प्रहरी र ठाकुरापुर बन रेन्ज पाेष्टले कुनै सक्रियता नदेखाएकाले सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे स्पष्ट छ ।

      तस्करहरु बेलुकी काठका गुलिया जंगलबाट ल्याई बार्डरका गाउँ वरपरका बगैचा र परालमा लुकाई राख्ने गर्छन । राति ८ देखि ४ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याइ माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ ।

      काठ तस्करीबारे सुरक्षा निकाय पनि अनभिज्ञ छैनन । गणेशपुर इप्रका र क्षेत्र भित्रै अवैधरुपमा काठ भित्रिनु भनेकाे दुई देशबीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धि सान्धि सम्क्षाैता विपरित कार्य हाे साथै जानि जानि वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरुमाथि नाकेल कस्न नसकेकाे सेक्टर बन र प्रहरी कार्यालय ठाकुरापुरकाे पनि मिलिमताे रहेकाे प्रस्ट छ ।

        कमेन्टहरु