धर्म–संस्कृति/रीतिथिति

    आनीको मन्त्री सुदन किराँतीसँगको भेट, अर्थपूर्ण

    नवलपुर टुडे
    २०८० साउन १२ | मध्यान्ह ०७:०४ बजे

      रूपन्देही । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आकांक्षा राखेकी आनी छोइङ डोल्माले शुक्रबार पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भेटेकी छन् । मन्त्री किराँतीले आनीसँग शुक्रबार भेट भए को विषय सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

      कोषमा साउन १० गतेदेखि उपाध्यक्ष पद रिक्त छ । नयाँ उपाध्यक्ष बन्न आनीसहित ५ जनाले आकांक्षा राखे को चर्चा छ । राष्ट्रिय गौरवको आयोजना रहेको लुम्बिनी विकास कोषको अध्यक्ष विभागीय मन्त्री हुने व्यवस्था छ । तर, कार्यकारी पद भने उपाध्यक्ष हो ।

      त्यसैले कार्यकारी उपाध्यक्ष बन्न आनीसँगै भर्खर पदावधि सकिएका भिक्षु मैत्तेय, पूर्वराज्यमन्त्री ल्हारक्याल लामा, भिक्षु धम्ब, भिक्षु निग्रोध दौडधुपमा छन् । आकांक्षी आनीसँग मन्त्री किराँतीको भेटलाई अर्थपूर्ण लिइएको छ ।

       

       

        कमेन्टहरु