पूर्वराजाका नाति हृदयन्द्रको जन्मदिनमा राजावादीहरुले बत्ति बाल्ने

नवलपुर टुडे
२०८० साउन १२ | मध्यान्ह ०७:०४ बजे

काठमाडौ । राजावादीहरुको संस्था ‘राष्ट्रवादी नागरिक समाज’ ले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयन्द्रको जन्मदिन भव्यताका साथ मनाउने भएको छ । समाजले पर्सि साउन १४ गते काठमाडौँको केन्द्र असनमा एक कार्यक्रम गरी हृदयन्द्रको जन्मदिन मनाउन लागेको हो ।
कार्यक्रममा दीप प्रज्वलनसहित हृदयन्द्रको जयजयकार गर्दै शुभकामना दिने तयारी राजावादीहरुले गरेका छन् ।
पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी पुत्र हृदयन्द्र २२ वर्ष पुग्दैछन् । सोही अवसरमा राजावादीहरुले बिशेष कार्यक्रम आयोजना गरेर उनको जन्मदिन मनाउन लागेका हुन् ।





