देश

    प्रधानमन्त्री ओली सरकार ढल्यो, बिश्वासको मत पाएनन

    नवलपुर टुडे
    २०७८ बैशाख २७ | मध्यान्ह ०६:०१ बजे

      काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन् । जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो । पक्षमा ९३ मत मात्र पाएका छन् । विपक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको छ ।

      विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए। एमालेका कुल १२१ जना सांसद थिए ।

      एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन् । खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।

        कमेन्टहरु