समाचार

    अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी

    नवलपुर टुडे
    २०८० साउन १२ | मध्यान्ह ०५:०४ बजे

      काठमाडौँ, साउन १२ । अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

      एक टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमार सिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनः ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

      भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले जानकारी दिए । पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनको खोजी थालेको छ । 

        कमेन्टहरु