समाचार

    दाङमा बाढीले बगाएर बेपत्ता भएका युवकको ४ दिनपछि फेला शव  

    नवलपुर टुडे
    २०८० साउन १२ | मध्यान्ह ०४:०४ बजे

      दाङ, साउन १२ । दाङमा बाढीले बगाएर बेपत्ता भएका एक युवकको शव चार दिनमा फेला परेको छ । 
      घोराही उपमहानगरपालिका–७ शुक्रबारेस्थित जंगुवा खोलामा माछा मार्न गएका घोराही–१० का २८ वर्षीय सुनिल पुन मगरलाई साउन ९ गते साढे ४ बजेतिर बाढीले बगाएको थियो । सोही दिनदेखि नै प्रहरी र स्थानीयले उनको खोजी थालेका थिए । 

      जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चार दिनपछि घटनास्थलभन्दा करिब तीन सय मिटर दक्षिणमा शुक्रबार दिउँसो पौने एक बजेतिर शव फेला परेको जानकारी दिए ।

        कमेन्टहरु