अपराध

    जानकी मन्दिरमा अश्लील टिकटक बनाउने एक युवक पक्राउ

    नवलपुर टुडे
    २०८० साउन १२ | मध्यान्ह ०२:०४ बजे

      जनकपुर, साउन १२ । जनकपुरको जानकी मन्दिरमा अश्लील हर्कत गरी टिकटक बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

      जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत गरी टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने धनुषाको औरही गाउँपालिका – ६ का १८ वर्षीय अनिरूद्र यादवलाई पक्राउ गरिएको हो ।

      यादवमाथि थप अनुसन्धान भइरहेको र भिडिओमा देखिएकी महिला र भिडिओ खिच्ने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु