देश

    चन्द्रागिरीमा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु

    नवलपुर टुडे
    २०८० साउन १२ | मध्यान्ह ०२:०४ बजे

      काठमाडौं, साउन १२ । चन्द्रागिरीमा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

      थानकोटबाट चित्लाङ जाँदै गरेको बा १० च ३५४६ नम्बरको मारूती भ्यान चन्द्रागिरी-४ पानीघाटनजिक भीरबाट खसेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

      डिएसपी अधिकारीका अनुसार गाडीमा पाँच जना सवार रहेका थिए । गाडि सडकबाट खसेर भीरको बीचमा अड्किएको थियो । थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा सुरक्षाकर्मीको टोली खटिएको डिएसपी अधिकारीको भनाइ छ । 

        कमेन्टहरु