देश

    खाेटाङमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    नवलपुर टुडे
    २०८० साउन १२ | मध्यान्ह ०२:०४ बजे

      खोटाङ, साउन १२ । खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएकाे छ । 

      खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारबाट रसुवातर्फ जाँदै गरेको ना ६ त २४६६ नम्बरको ट्र्याक्टर मेर्ला भन्ने ठाउँमा दुर्घटना हुँदा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको ज्यान गएकाे हाे । 

      बिहीवार बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका लागि धरान लैजाने क्रममा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि इन्द्रेणीपोखरीस्थित अस्पतालमा लगिएको छ ।

        कमेन्टहरु