२५ लाखभन्दा बढी कर्जा लिँदा प्यान अनिवार्य

नवलपुर टुडे
२०८० साउन १२ | मध्यान्ह ०१:०४ बजे

काठमाडौँ, साउन १२ । अब बैंक तथा वित्तीय संस्थाहरुबाट २५ लाख रुपैयाँ वा सोभन्दा बढी कर्जा लिँदा स्थायी लेखा नम्वर (प्यान) अनिवार्य लिएको हुनुपर्ने भएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयनको लागि परिपत्र मार्फत गरेको एकीकृत निर्देशन संशोधनले यस्तो व्यवस्था गरेको हो ।
यसअघि ५० लाख वा सोभन्दा बढी रकम लिएकाले मात्रै प्यान लिनुपर्ने व्यवस्था थियो । त्यस्तै समूहगत रुपमा कर्जा लिनु परे पनि २५ लाखभन्दा माथिको लागि प्यान अनिवार्य गरिएको छ ।





