देश

    प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

    नवलपुर टुडे
    २०८० साउन १२ | बिहान ११:०४ बजे

      काठमाडौँ, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमण सक्किएर गरी स्वदेश फर्किएका छन् । शुक्रवार बिहान उनी इटालीको भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । 

      उनलाई स्वागत गर्न विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायत मन्त्रीहरु विमानस्थल पुगेका थिए । 

      संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी साउन ६ गते इटाली प्रस्थान गरेका थिए । 

        कमेन्टहरु