देश

    दलित भएको थाहा पाएर भाडावाललाई जबर्जस्ती निकाल्ने घरबेटी पोखरेल एक लाख धरौटीमा छुटे

    नवलपुर टुडे
    २०८० साउन १२ | बिहान ०९:०४ बजे

      दाङ । जातीय विभेद मुद्दामा पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका-१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

      जिल्ला अदालत दाङले ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताए ।

      अछाम पञ्चदेवल विनायक नगरपालिका-७ का २३ वर्षीय महेन्द्र विकसहित परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले कोठा भाडा दिएको तीन दिनपछि असार १५ गते जबर्जस्ती घरबाट निस्कन लगाएको उजुरी परेको थियो ।

      उनीहरूका कोठाका सामान बाहिर फालिदिएको पीडितले बताएका छन् । त्यसपछि आफूहरूमाथि जातीय विभेद गरेको भन्दै महेन्द्रसहित उनका साथीहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर ताराप्रसादविरूद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले असार १६ गते उनलाई नियन्त्रणमा लिएको थियो । यस घटनालाई लिएर प्रदेश र संघीय सदनमसमेत कुरा उठेको थियो ।

      पीडितको न्यायका लागि दाङसहित विभिन्न जिल्लामा दबाबमुलक आन्दोलन पनि भयो ।

       

        कमेन्टहरु