देश

    नेपाल एयरलाइन्सले अगस्टदेखि साउदीको दमाम सहरबाट सीधा उडान भर्ने

    नवलपुर टुडे
    २०८० साउन १२ | बिहान ०९:०४ बजे

      साउदी । नेपाल एयरलाइन्सले आगामी अगस्ट महिनाबाट साउदीको दमाम सहरबाट सीधा उडान भर्ने भएको छ। जसअनुसार  दमाम–काठमाडौं–दमाम साताको तीन उडान हुने भएको हो। यसअघि रियाद–काठमाडौं–रियाद सीधा उडान भर्दै आएको एयरलाइन्सले केही समयको लागि उडान नहुने जनाएको छ।

      नेपाल एयरलाइन्सको यस रुटको उडानको निरन्तरता दिनको लागि साउदीमा रहेका संघसंस्थाले नेपाली राजदूत नवराज सुवेदीलाई विज्ञप्तिसमेत बुझाएका थिए। साउदीको रियाद सहरबाट नेपाल एयरलाइन्सको पहिलो उडान २२ अप्रिल २०२२ का दिन भएको थियो।

        कमेन्टहरु