देश

    कालीकोटमा मिनीट्रक दुर्घटना हुँदा ११ जना घाइते

    नवलपुर टुडे
    २०८० साउन १२ | बिहान ०८:०४ बजे

      कालीकोट । पलाता गाउँपालिका–२ सैनमा बिहीबार बेलुका मिनीट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

      घाइतेहरूलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ । पलाता–९ थिर्पूर्बाट धौलागोहको राडुनेटातर्फ जाँदै गरेको कर्णाली प्रदेश क ०१६२ नम्बरको मिनीट्रक बालुवा लिएर जाने क्रममा सैनको उकालोको मोडमा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।

      रिमालका अनुसार दुर्घटनामा अधिकांश महिला र बालबालिका घाइते भएका छन् । ५ बालबालिकासहित ९ जना महिला घाइते छन् भने २ पुरुष छन् । थिर्पूर्को तिबगाडबाट बालुवा लिएर जाँदै गरेको टकमा १६ जना स्थानीय चढेका थिए ।

      रिफर गरिएका घाइतेलाई पलाता गाउँपालिकाले खर्च बेर्होने गरी हेलिकोप्टरका लागि पहल भइरहेको अध्यक्ष विष्णु रोकायाले बताए ।

        कमेन्टहरु