साइबेरियामा रुसी हेलिकप्टर दुर्घटना हुँदा, ४ जनाको मृत्यु, १० घाइते

नवलपुर टुडे
२०८० साउन १२ | बिहान ०८:०४ बजे

मस्को । रुसको साइबेरिया क्षेत्रमा बिहीबार एउटा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । एमआई– ८ हेलिकप्टर दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा ठोक्किएको रसियाको आपतकालीन मन्त्रालयको अल्ताई शाखाले जनाएको छ।





