देश

    आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदै

    नवलपुर टुडे
    २०८० साउन १२ | बिहान ०८:०४ बजे
    सांकेतिक तस्बिर ।

      काठमाडौँ । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

      हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छ ।

      विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण रहेको कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको सङ्घ (नासल) का अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा.सुधांशु केसीको भनाइ छ ।

        कमेन्टहरु