देश

    प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै

    नवलपुर टुडे
    २०८० साउन १२ | बिहान ०६:०४ बजे
    sf7df8f}F, !% h]7M /f;;;Fu k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú /f;;nfO{ cGt/jftf{ lbg''x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

      काठमाडौं, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि त्यसतर्फ गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन् ।

      प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गरेका थिए ।

      साथै, सो क्रममा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्तासमेत भएको थियो ।

      प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतलगायतको सहभागिता रहेको थियो । विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनसमेत गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

       
       

        कमेन्टहरु