देश

    गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

    नवलपुर टुडे
    २०७८ बैशाख २६ | मध्यान्ह ०५:०१ बजे

      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

      प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।

        कमेन्टहरु