देश

    लागू औषध खैरो हेरोइनसहित दुईजना पक्राउ

    नवलपुर टुडे
    २०८० साउन ११ | मध्यान्ह ०९:०४ बजे

      कैलाली । कैलालीमा लागू औषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका-८ स्याउलेबाटे धनगढी उपमहानगरपालिका-५ हसनपुरका ३२ वर्षीय शरद चौधरी र ३२ वर्षीय मधुसूदन पन्तलाई आज प्रहरीले पक्राउ गरेको हो ।

      चौधरी स्याउले बजारमा चम्फा ट्याक्टरको पार्टपुर्जा पसल गर्दै आइरहेका थिए भने पन्त फेन्सी स्टोर सञ्चालक हुन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको इप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) गणेश बरालले जानकारी दिए ।

      चौधरीको साथबाट ६ग्राम ७९० मिलिग्राम र पन्तको साथबाट २४० मिलिग्राम गरेर ७ ग्राम ३० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु