देश

    कोशी सरकार असंवैधानिक ठहर, मुख्यमन्त्री उद्धव थापा पदमुक्त

    नवलपुर टुडे
    २०८० साउन ११ | मध्यान्ह ०५:०४ बजे

      बिराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ । 

      सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा थापा मुख्यमन्त्री नियुक्ति भएकाले त्यसलाई असंवैधानिक ठहर गरेको हो । 

      कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर पेश गरेका थिए । सोही आधारमा प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

      एमाले संसदीय दलका नेता हिक्मत कार्कीले उक्त नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै दायर गरेको रिटमाथि सर्वोच्चको पूर्ण इजलासले थापा पदमुक्त हुने आदेश दिएको हो । आदेशमा सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नमिल्नेसमेत बताइएको छ । साथै सात दिनभित्र नयाँ सरकार गठन प्रक्रिया शुरु गर्न पनि अदालतले आदेश दिएको छ।

      आदेशमा सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नमिल्नेसमेत बताइएको छ । साथै सात दिनभित्र नयाँ सरकार गठन प्रक्रिया शुरु गर्न पनि अदालतले आदेश दिएको छ ।

        कमेन्टहरु