देश

    सुन तस्करी प्रकरण : रेडी ट्रेडको गोदाममा छापा, एकजना पक्राउ

    नवलपुर टुडे
    २०८० साउन ११ | बिहान ०८:०४ बजे

      काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले बुधबार (हिजो) काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ ।

      गोदाममा छापा मारेर विभागले केही कार्टुन ब्रेक सु बरामद गरेको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

      यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयअगाडिबाट बरामद गरिएको झन्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो । त्यसैले सुन लुकाएको आशंकामा विभागले बुधबार छापा मारेको हो । त्यहाँबाट विगतमा बरामद गरिएको जस्तै कार्टुनमा सामान बरामद गरिएको छ ।

      यसैबीच, विभागले सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नुवाकोटका दिनेश तामाङलाई बुधबार पक्राउ गरेको महानिर्देशक ढुंगानाले जानकारी दिए । उनीमाथि तस्करहरूलाई गोदाम खोजिदिएको आरोप लागेको बताइएको छ ।

      उनीसहित अहिलेसम्म विभागले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धान र थप आरोपीको खोजतलास जारी रहेको विभागले जनाएको छ । रासस

       

        कमेन्टहरु