मौसम

    यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०८० साउन ११ | बिहान ०६:०४ बजे

      काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

      जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही  मधेस, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

      बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।आज राति भने कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

        कमेन्टहरु