पीआरसी संस्थाले १ बर्षमा कपिलवस्तुबाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

नवलपुर टुडे
२०८० साउन १० | मध्यान्ह ०९:०४ बजे

कपिलवस्तु, साउन १० । मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमानाबाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जनालाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत विभिन्न ठाँउबाट ३५६ जनाको उद्धार गरेको जानकारी शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक बसन्ती जीसीले जानकारी दिनुभयो।
आज बार्षिक समिक्षा कार्यक्रममा मानव बेचविखन हुने प्रमुख कारणहरु अवसरको खोजी, भारत हुदै तेस्रो मुलुक जाने, आर्थिक प्रलोभन, जागिर गर्न जाने, नेटवर्किंग बिजनेस लगायत अन्य रहेको जानकारी क्षेत्रिय संयोजक निर्मल सुबेदीले दिए । शान्ति पुनर्स्थापना गृह (PRC) ले परामर्श दिएको ७०७४ मध्ये कपिलवस्तु जिल्लाको १७३०, अर्घाखाँचीका ९९४, प्यूठानका ७१५, रूपन्देही ५९९ , गुल्मीका ४७३ जना रहेको जानकारी गराइएको छ, तथा नेपालका ७६ जिल्लाबाट आएका व्यक्तिहरुलाई परामर्श दिएको छ।
शान्ति पुनर्स्थापना गृह (PRC) ले ३५६ जनालाई उद्धार गरिएको जसमा ५४ जना कपिलवस्तु जिल्लाका, ५२ अर्घाखाँची, ३६ प्यूठानका, ३५ जना दाङका, ३० रूपन्देही, २६ गुल्मी, २१ जना रोल्पाको तथा २५ जना भारतको विभिन्न ठाँउबाट उद्धार गरिएको जसमा १६ जना भारतको वस्तीबाट बालकहरू रहेको तिनिहरूलाई बौद्ध धर्म सम्बंधि पढाउन भनि भारतको अणुरांचल लगिरहेको सूचना पाएर उद्धार गरिएको, ६ जना बालकहरूलाई भारतको लखनऊबाट, १ जनालाई भारतको गुजरात तथा १ जना सिमलाको मंशूरीबाट, १ जना महिलालाई भारतको गोरखपुरबाट उद्धार गरिएको जानकारी शान्ति पुनर्स्थापना गृह (PRC) का राष्ट्रियs उद्धार संयोजक भूमि भट्टराईले दिनुभयो। साथै ३ जनालाई शान्ति पुनर्स्थापना गृह (PRC) को केन्द्रीय कार्यालयमा पुनर्स्थापनाका लागि पठाएको तथा २ जनालाई अन्य संस्थामा पुनर्स्थापनाका लागि पठाइएको जानकारी गराइएको छ।
शान्ति पुनर्स्थापना गृह (PRC) संस्था कपिलवस्तुमा मानव बेचविखन विरूद्ध राम्रो काम गर्दै आएको तथा बेचविखनमा पर्न सक्ने सूचना पाउन साथ भारतको विभिन्न ठाँउमा पुगेर सरोकारवालासंग समान्वय गरि उद्धार गर्ने गरेको स्थानीय समाजसेवीहरू बताए।





