समाचार

    गुल्मीको मदानेमा घर भत्किँदा तीनजना घाइते

    नवलपुर टुडे
    २०८० साउन १० | मध्यान्ह ०४:०४ बजे

      गुल्मी, साउन १० । गुल्मीको मदाने गाउँपालिका– २ बाँझकटेरीस्थित भेडिखोर बस्ने मुक्तबहादुर घर्तीको घर भत्किँदा तीनजना घाइते भएका छन् । 

      टिनले छाएको दुईतले कच्ची घरको पूर्वतर्फको भित्ता भत्किँदा पिँढीमा बसेकी १२ वर्षीया छोरी करिश्मा घर्ती र नाै वर्षीय छोरा हिक्मत घर्तीमगर घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

      हिक्मतको टाउकोमा चोट लागेको छ । त्यस्तै, सोही स्थानकै देउवा परियारको छोरा १० वर्षीय अम्मर परियारको टाउकोमा ठूलो चोट लागेको छ । घाइते तीनैजनाको मदाने सामुदायिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु