समाचार

    सुन तस्करी प्रकरणमा रास्वपाले दर्ता गरायो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

    नवलपुर टुडे
    २०८० साउन १० | मध्यान्ह ०२:०४ बजे

      काठमाडौं, साउन १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदहरूले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन् ।

      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद भएको थियो । मोटरसाइकलको ब्रेक शु र सेभिङ ब्लेडमा राखेर सुन ल्याएको भेटिएको थियो । ‘नेपालको अर्थतन्त्रमा नै विचलन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार परीक्षणको संचालन र त्यहाँको प्रणालीमा नै गम्भीर प्रश्न खडा गरेको छ,’ रास्वपाले भनेको छ । 

      रास्वपाले निम्न विषयमा छलफल गर्नुको कारणसमेत खुलाएको छ:

      363411180_669120788403625_5922355649241907980_n1690360217.jpg

      363490846_308394101610295_8318342594808087023_n1690360217.jpg

        कमेन्टहरु