देश

    माेरङकाे विभिन्न हस्पिटलमा थप ७ संक्रमितकाे मृत्यु

    नवलपुर टुडे
    २०७८ बैशाख २६ | बिहान १०:०१ बजे

      मोरङ- मोरङमा थप सात कोरोना संक्रमितको मृत्यु भएको छ ।

      मोरङका विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा शनिबार राति तीन र आइतबार बिहान गरी चार संक्रमितको मृत्यु भएको हो ।

      विराट मेडिकलमा सुनसरीको इटहरीकी एक कोरोना संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको छ । इटहरी उपमहानगर- ८ की ५४ वर्षीया महिलाको मृत्यु भएको हो । उनी २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

      यस्तै नोवेल अस्पताल विराटनगरमा विराटनगर–१ त्रिवेणी चोकका ७६ वर्षीय पुरुष, सुनसरीको धरान–१७ का ६६ वर्षीय पुरुष र सिरहाको कल्याणपुर ४ की ३८ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ ।

      मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको शनिबार राति नोबेल अस्पतालमै उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

        कमेन्टहरु