देश

    सुन र नगद लिएर व्यवसायी पवनकुमार सोनी फरार

    नवलपुर टुडे
    २०८० साउन १० | बिहान १०:०४ बजे
    सांकेतिक तस्बिर

      विराटनगर । सर्वसाधारणको करोडौं रुपैयाँको सुनचाँदी र नगद लिएर रंगेली–७ बजारका सुन व्यवसायी पवनकुमार सोनी फरार भएका छन् । ओम शान्ति ज्वेलर्सका सञ्चालक सोनी ग्रामीण क्षेत्रका सर्वसाधारणको धरौटीको सुनचाँदी र सापटी रकमसहित सपरिवार भारत लागेको इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले बताए ।

      सुनचाँदी धरौटीमा राखेर रकम लिएको र ब्याजमा नगद दिएको कागजी चिर्कटो लिएर उजुरी दिन आउनेको भीड छ । सर्वसाधारणको कति रकम र सुनचाँदी लिएर फरार भए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । अहिलेसम्म २ करोड ६५ लाखभन्दा बढी मूल्य बराबरको सुनचाँदी र नगद लिएर फरार भएको उजुरी परेको खड्काको भनाइ छ ।

      सोनीले धेरैजसोलाई ब्यालेन्सबिनाको विभिन्न बैंकको चेकसमेत दिएर भागेको पाइएको उनले जनाए ।

        कमेन्टहरु