समाज

    पाल तरुण दल धनकुटाले अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण

    नवलपुर टुडे
    २०८० साउन १० | बिहान १०:०४ बजे

      धनकुटा, साउन १० गते । नेपाल तरुण दल धनकुटाले अनाथ बालबालिकालाई शैक्षिकसहि खाद्यान्न सामग्री वितरण गरेको छ । ४१ औं विपी स्मृति दिवसको अवसर पारेर श्रीपञ्चमी पार्कस्थित बाल पुनर्स्थापना केन्द्रका अनाथ बालबालिकाहरूलाई सो सामग्री वितरण गरी सहयोग गरिएको हो ।

      पुनर्स्थापना केन्द्रमा भएका १५ जना बालबालिकालाई शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको तरुण दलका केन्द्रीय सदस्य तिलकबहादुर महतले जानकारी दिनुभयो । उक्त कायक्रममा नेपाली कांग्रेस धनकुटाका अध्यक्ष दिनेश राई, सचिव विजय सन्तोषी राई र विकास घिमिरे, तरुण दलका केन्द्रिय सदस्य तिलकबहादुर महत, जिल्ला अध्यक्ष युवराज पराजुली लगायतको उपस्थिति रहेको थियो ।

        कमेन्टहरु