रुपन्देहीको सालझण्डीबाट लागुऔषध हेरोइनसहित चार जना पक्राउ

नवलपुर टुडे
२०८० साउन १० | बिहान ०८:०४ बजे

बुटवल, साउन १० । रुपन्देहीको सालझण्डी बजारबाट लागुऔषध हेरोइनसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका– १० का २६ वर्षीय सुनिल थारु, २८ वर्षीय जितबहादुर दर्लामी, २५ वर्षीय दिनेशकुमार पुन र कञ्चन गाउँपालिका–५ बस्ने १८ वर्षीय प्रतिक थापा रहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा सालझण्डी बजारबाट पक्राउ परेका उनीहरुको साथबाट २ हजार ५ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरी निरीक्षक ईश्वरबहादुर थापाले जानकारी दिए ।





