देश

    आफैले छुरा प्रहार गरेर गम्भीर घाइते भएकी महिलाको मृत्यु

    नवलपुर टुडे
    २०७८ बैशाख २५ | बिहान ०९:०१ बजे

      कावासोती । नवलपुरको हुप्सेकोटकी महिलाले आफ्नै छातीमा आफैले छुरा प्रहार गरेर गम्भीर घाईते पछि उपचारको क्रममा मृत्यु भएको छ ।

      हुप्सेकोट गाउँपालिका वडा नं ३ देउराली निवासी ३९ बर्षीया चिनमाया रानाले घरमा कोही नभएको मौका छोपी आफ्नै कोठामा धारिलो हतियार चक्कु आफ्नै छातीमा प्रहार गरेकी थिईन ।

      आफैले प्रहार गरेको छुराबाट गम्भीर घाईते रानालाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको थियो । जिल्ला अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

      चिनमाया राना विगत १ बर्षदेखि कलेजोका रोगी रहेको र सोही कारणले आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । प्रहरीले उनकै कोठाबाट चक्कु समेत बरामद गरेको छ । शव पोष्टमाटर्मको तयारी भईरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु