पूर्वमिस नेपाल माल्भिका सुब्बाले श्रीमानसँग गरिन् सम्बन्ध विच्छेद

नवलपुर टुडे
२०८० साउन ९ | मध्यान्ह ०८:०४ बजे

काठमाडौं,साउन ९ । पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्।
प्रियंका कार्कीको द फोर्थ ट्राइमेस्टर नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि सम्बन्ध विच्छेद गरेको बताएकी हुन्। उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन्।
श्रीमानसँगको सम्बन्ध बिग्रिए पनि छोरालाई उसको बुवा र परिवारबाट कहिले पनि नछुट्टाउने आफ्नो सोच रहेको उनले बताइन्।





