देश

    कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

    नवलपुर टुडे
    २०८० साउन ९ | मध्यान्ह ०५:०४ बजे

      काठमाडौ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट मंगलबार हेर्दाहेर्दैमा राखिएको छ ।

      यो रिटको सुनुवाइ मंगलबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवइ भएको हो । मंगलबार सुनुवाइ नसकिएपछि उक्त रिट हेर्दाहेर्दैमा राखिएको हो ।

      कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । मंगलबार रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका छन् ।

      त्यस्तै प्रतिवादी तर्फका कानुन व्यवसायीले पनि बहस सुरु गरेका थिए । तर, बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

      यसअघि सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

        कमेन्टहरु