बाढी/पहिरो

    नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी खुल्यो

    नवलपुर टुडे
    २०८० साउन ९ | मध्यान्ह ०५:०४ बजे
    तस्बिर  : सडक डिभिजन कार्यालय भरतपुर 

      चितवन, साउन ९ । ३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी खुलेको छ ।

      आज दिउँसो सवा ३ बजेको समयमा सुख्खा पहिरो खसेपछि दुइतर्फी सडक अवरुद्ध भएको थियो ।

      पहिरो हटाएपछि दिउँसो ४ः३० बजेको समयमा दुइतर्फी संचालनमा आएको चितवन प्रहरीले जनाएको छ । विहान पनि केहीबेर पहिरोले यस सडक खण्ड अवरुद्ध बनेको थियो ।

        कमेन्टहरु